logo
नेपाल सरकार
सहरी विकास मन्त्रालय

काठमाडौं उपत्यका विकास प्राधिकरण

विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सार्वजानिक सूचना (२०८०-०६-१८) विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सूचना काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली बोलपत्र छौट गर्ने आशयको सूचना चमेना गृह सञ्चालन सम्बन्धी ७ दिने शिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत सूचना ९०% काम सकिदा यस्तो देखियो धोबीखोला करिडोर, बाँकी काम धमाधम हुदै स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त का.उ.वि.प्रा_लिखित परिक्षाको नतिजा
उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त

उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त

२१ वैशाख, काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो ।

झापा घर भएकी ढकाल नवनारी मासिककी  सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् ।

विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा ८ जनाले दरखास्त दिएकोमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेर पठाइएको थियो । ढकालसहित डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस भएको थियो ।

अनलाइनखबरसँग कुरा गर्दै उनले नयाँ शहर निर्माण र बाहिरी चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्ने व्यवस्था छ ।

विकास आयुक्तको पदावधि बढीमा पाँच वर्षको हुन्छ । नेपाल सरकारले चाहेमा निजको पदावधि पुनः बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ । यसअघि भाइकाजी तिवारीले लगातार दुई कार्यकाल विकास आयुक्तका रुपमा काम गरेका थिए ।

Soruce: https://www.onlinekhabar.com/

diyarbak覺r escort Backlink is good!