logo
नेपाल सरकार
सहरी विकास मन्त्रालय

काठमाडौं उपत्यका विकास प्राधिकरण

क्यान्टिन संचालन सम्बन्धी सिलबन्दी दरभाउपत्र रद्ध गरिएको सूचना | विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सार्वजानिक सूचना (२०८०-०६-१८) विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सूचना काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली बोलपत्र छौट गर्ने आशयको सूचना ९०% काम सकिदा यस्तो देखियो धोबीखोला करिडोर, बाँकी काम धमाधम हुदै स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त का.उ.वि.प्रा_लिखित परिक्षाको नतिजा

परिचय

      काठमाडौं उपत्यका सम्भावना र चुनौति दुवै बोकेको राजधानी हो । काठमाडौं उपत्यका विश्वकै रमणीय सहर मध्ये एक हो । काठमडौं उपत्यका वरिपरि रहेका रमणीय हिमालका टाकुराहरु, हरियाली वनजंगल, प्राकृतिक सुन्दरतासँगै विश्व सम्पदा सुचीमा सुचिकृत नेपालका १० वटा सम्पदा मध्ये काठमडौं उपत्यकामा ७ वटा सम्पदा रहेका छन् । काठमाडौं राजधानी र विभिन्न सेवा सुविधा तथा अवसरहरु भएकोले यहाँको जनसंख्या दिनानुदिन तीव्र गतिमा वृद्धि भएको अवस्था देखिन्छ । जनसंख्या वृद्धिले विभिन्न किसिमका प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन हुनुका साथै विभिन्न किसिमका प्रदुषण बढी धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदामा पनि ह्रास आउने, प्राकृतिक प्रकोप बढ्ने जस्ता समस्या आउने, मानिसको सामान्य जीवनयापन गर्न कठिन लगायतका रोग र भोकले मानव समुदायमा जटिल समस्या सिर्जना हुन्छ । जति काठमाडौं उपत्यका सुन्दर थियो । यसमा अहिलेको परिस्थितिमा ह्रास आउने क्रम भएको, विकास निर्माण लगायतका पक्षहरु पनि सन्तोषजनक नभएको देखिन्छ ।

      काठमाडौं उपत्यकालाई सुन्दर, शान्त, रमणिय, पर्यटकीय, हरियाली र व्यापारिक केन्द्र बनाई दिगो विकास र भद्रगोल विकास प्रक्रियालाई सहज, सरल र यहाँको जनसंख्यालाई व्यवस्थित तरिकाले बस्ती विकास गरी बस्न योग्य काठमाडौं उपत्यका बनाउने पवित्र उद्देश्य बाँकी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार २०६९ साल वैशाख १ गते देखि काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको हो । स्थापना भएसँगै काठमाडौं उपत्यकाको दिगो विकासका लागि प्रयास, फोहरमैला फालेर अति कुरुप भएका सहर भित्रका खुला चौरहरुलाई व्यवस्थित बनाउने, सर्वसाधरण जनताको स्वास्थ्य सुविधा एवं आर्थिक हित कायम राख्ने लगायतका मुलभूत विषयवस्तुलाई ध्यानमा राखि ५० वर्ष दुरदृष्टि र परिदृश्य, २० वर्षे रणनीति तथा कार्य नीतिको योजना बनाई काम गरिरहेको पाइ्रन्छ ।

      काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं उपत्यका भौतिक योजना बनाउने, ल्याण्डपोलिङ गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, हरियाली पार्क निर्माण गर्ने, ढल व्यवस्थित गर्ने, खानेपानी व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण र उपयोग गर्ने, विभिन्न आयोजनाहरु सञ्चालन गरी सम्पन्न गरेको केही आयोजना बन्दै गरेको र केही आयोजना निर्माण गर्ने कार्यमा उपत्यका विकास प्राधिकरण व्यस्त रहेको देखिन्छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐनले निर्दिष्ट गरेका उद्देश्यहरु :
      काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्यालाई व्यवस्थित गर्ने, विभिन्न किसिमका आयोजना सञ्चालन गर्ने, दिगो विकासका क्रियाकपाल सञ्चालन गर्ने र समग्र मानव जीवनलाई सुविधा योग्य बनाउने र काठमाडौं उपत्यकालाई विश्वभर आर्थिक, सामाजिक, साँस्कृतिक र व्यापारिक क्षेत्रमा अघि बढाउने उद्देश्य लिएको छ भने,

  • भौतिक विकास योजना तर्जुमा र स्वीकृति,
  • भौतिक विकासको लागि भू–उपयोग योजना क्षेत्र निर्धारण गर्ने,
  • पूर्वाधार विकास र पुनःनिर्माण गर्ने,
  • उपत्यकामा प्रदुषण न्यूनिकरणसँगै प्रदुषण नियन्त्रण गर्ने,
  • Risk Sensitive Land Use Planning संवेदनशील क्षेत्रहरुको जोखिम व्यवस्थापन, जोखिम संवेदनशील भू–उपयोग योजना,
  • हरियाली शहर प्रवद्र्धनको लागि नीति तथा मापदण्ड बनाउने,
  • सार्वजनिक जग्गाको संरक्षण, सम्बद्र्धन र दिगो सदुपयोग गर्ने,

जग्गा विकास कार्यक्रमको अवस्था :
क. सम्पन्न भई सकेका आयोजनाहरु

अ. सेवा सुविधा अन्तर्गत सञ्चालित आयोजनाहरु

  • कुलेश्वर आवास आयोजना
  • गल्फुटार आवास आयोजना

आ. जग्गा एकीकरण अन्तर्गत सञ्चालित आयोजनाहरु :

  • डल्लु आवास आयोजना
  • नयाँ बजार जग्गा एकीकरण आयोजना
  • गोंगबु जग्गा एकीकरण आयोजना
  • चावहिल गोपीकृष्ण जग्गा एकीकरण आयोजना
  • बागमती फाँट ज्वागल क्षेत्र जग्गा एकीकरण आयोजना, ललितपुर
  • किर्तीपुर (प्रथम) जग्गा एकीकरण आयोजना, किर्तीपुर
  • कमल विनायक (प्रथम) जग्गा एकीकरण आयोजना, भक्तपुर
  • लिवाली जग्गा एकीकरण आयोजना, भक्तपुर
  • लुभू जग्गा एकीकरण आयोजना, ललितपुर
  • सिन्टीटार जग्गा एकीकरण आयोजना, भक्तपुर
  • सैवुं भैसेपाटी आवास तथा सेवा विकास आयोजना, ललितपुर
  • सिनामंगन जग्गा एकीकरण आयोजना

जग्गा विकास कार्यक्रमको अवस्था :
ख. हाल सञ्चालनमा रहेका आयोजनाहरु

  • बाग्मती नगर जग्गा एकीकरण आयोजना (जिल्ला आयुक्तको कार्यालय काठमाडौं मार्फत सञ्चालन भैरहेको)
  • कमेरोटार जग्गा एकीकरण आयोजना (जिल्ला आयुक्तको कार्यालय भक्तपुर मार्फत सञ्चालन भैरहेको)
  • धोवीखोला करिडोर पूर्वाधार सुधार आयोजना (काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत सञ्चालन भैरहेको)
  • बाग्मती फाँट (शंखमुल) ज.ए. आयोजना (जिल्ला आयुक्तको कार्यालय ललितपुर मार्फत सञ्चालन भैरहेको)
  • दिव्यश्वरी जग्गा एकीकरण आयोजना (जिल्ला आयुक्तको कार्यालय काठमाडौं मार्फत सञ्चालन भैरहेको)
  • ईचंगु नारायण (रानीवन जग्गा एकीकरण आयोजना (दोस्रो) काठमाडौं उपत्यका विकास प्राधिकरण बाट सञ्चालन हुने)
  • सैंवु नख्खुडोल जग्गा एकीकरण आयोजना (जिल्ला आयुक्तको कार्यालय ललितपुरबाट सञ्चालन हुने)

अन्य कार्यहरु :

  • काठमाडौं उपत्यकाका विभिन्न स्थानमा करिब ४०० किमि बाटो विस्तार,
  • नन्दीकेशरी बगैचा (नारायण चोर) पार्क विकास,
  • कमल पोखरी संरक्षण कार्य,
  • निर्देशित जग्गा विकास कार्यक्रम अन्तर्गत प्रस्तावित (LGDसडक) ३४० कि.मी. सडक खोलिएको ।

आगामी प्रस्तावित आयोजनाहरु :

काठमाडौंको चार स्थानमा नयाँ नगर योजना

(क)    काठमाडौं ईसान (पूर्व–उत्तर) क्षेत्र

– करिब १ लाख रोपनी

(ख)    काठमाडौं आग्नेय (पूर्व–दक्षिण) क्षेत्र

– करिब १० हजार रोपनी

(ग)    काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) क्षेत्र

– करिब १० हजार रोपनी

(घ)    काठमाडौं उत्तर

– करिब १० हजार रोपनी

diyarbak覺r escort Backlink is good!