logo
नेपाल सरकार
सहरी विकास मन्त्रालय

काठमाडौं उपत्यका विकास प्राधिकरण

क्यान्टिन संचालन सम्बन्धी सिलबन्दी दरभाउपत्र रद्ध गरिएको सूचना | विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सार्वजानिक सूचना (२०८०-०६-१८) विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सूचना काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली बोलपत्र छौट गर्ने आशयको सूचना ९०% काम सकिदा यस्तो देखियो धोबीखोला करिडोर, बाँकी काम धमाधम हुदै स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त का.उ.वि.प्रा_लिखित परिक्षाको नतिजा
स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण

स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग प्राधिकरणले हालसम्म गर्दै आएका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल भएको छ ।

प्राधिकरणको आफ्नै सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्राधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव बिकास आयुक्त दिलिप शेखर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत छलफल भएको थियो । यसै क्रममा उपत्यका विकास प्रधिकरण र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरु, सम्पूर्ण नदिहरुको कोरिडोर निर्माणका कामहरु एकिकृत रुपमा अबका दिनमा प्राधिकरणले गर्नु पर्ने धारणा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले व्यक्त गरे।

त्यस्तै प्राधिकरणले योजना अनुमति दिने गरेको तर बिना अनुमति डाडाकाँडामा अहिले डोजर चलाउने गरेको देखिएकोले अनुमतिविना गरिने त्यस्ता कार्यलाई रोक्नको लागि पनि प्राधिकरणले ध्यान दिनुपर्ने बताए ।

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले काठमाडौं उपत्यका विकास प्राधिकरणको उदेश्य काठमाडौं उपत्यकालाई पर्यटकीय, सांस्कृतिक, पुरातात्विक सम्पदाको शहरको रुपमा चिनाउदै सम्पदाको संरक्षण गर्दै, संबद्र्धन गर्दै भौतिक पूर्वाधार युक्त, वातावरण मैत्री शहर बनाउने बताइन् ।

उपत्यकाको समग्र विकास प्राधिकरण र स्थानीय निकायको जिम्वेवारी भएकोले आगामी दिनमा नगरपालिकाहरु र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताइन्।

उपत्यका विकास प्रधिकरण र स्थानीय नगरपालिकाबीचको सम्बन्ध नङ् र मासु जस्तौ हुनुपर्ने भन्दै प्राधिकरणले विगतका दिनहरुमा स्थानीय निकायसँग समन्वय नगररी कामहरु गरिरहेको हो की भन्ने महसुस आफुलाई भएको र अबका दिनमा आफ्नो टिमले काम गर्दा स्थानीय निकायलाई प्राथमिकतामा राखेर समन्वयमा मात्रै कामहरु अगाडि बढाउने प्रतिबद्धता समेत जनाइन् ।

आफू बिकास आयुक्तको रुपमा आइसकेपछि प्राधिकरणले गर्नुपर्ने समन्वयात्मक भूमिका, अनुगमनकारी भुमिका, नियमनकारी भूमिका, नियन्त्रण र निषेधाकारी भूमिकालार्ई व्यवहारिक रुपमा निर्वाहगर्दै अगाडि बढेको र स्थानीय निकायका प्रमुख उपप्रमुखहरुले दिएको सुझाव सल्लाहलाई पनि मध्यनजर गर्दै अझ सशक्त रुपमा प्राधिकरण अगाडि बढ्ने छ उनले भनिन् ।

उपत्यका भित्र जथाभावि रुपमा विना अनुमति भइरहेका जग्गाको खण्डीकरण रोक्न, मापदण्ड विपरित बनेका संरचनाहरुलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले विभिन्न समिति बनाएर काम गरिरहेको बताइन् ।

कार्यक्रममा नयाँ नगर र बाहिरी चक्रपथ निर्माण प्राधिकरणको ठूलो योजना र अहिलेको प्रमुख प्राथमिकता रहेकोले यस कार्यमा स्थानीयसँग सहकार्य गरेर मात्र अगाडि बढ्ने पनि बताइन् ।

मिति २०७८ असोज ७ गते  नेपाल प्रेसमा प्रकाशित

diyarbak覺r escort Backlink is good!