•  

भुकम्पबाट क्षति भएका घरहरु भत्काउदा विचार गर्नुपर्ने बुदाहरु

Published on 2015-05-07

जनहितका लागि जारी

समग्र सूरक्षाको लागि विचार गर्नुपर्ने बुदाहरु
१      घरमा रहेका अन्य प्रकोपहरु (जस्तैःआगलागी, विधुतिय करेन्ट, खस्न÷ झर्न लागेका सामन आदि ) प्रति चनाखो रहनुहोस् ।
२      पूर्ण रुपमा सूरक्षाका साधनहरु ( हेल्मेट, पञ्जा, मास्क, जुत्ता, पुरा बाहुला भएको कपडा, सिट्ठी ) प्रयोग गर्नुहोस्  ।
३      सघै जोडिमा रहेर काम गर्नुहोस् र एक जना काममा व्यस्त रहदा अर्कोले सूरक्षाको विचार गर्नुहोस्  ।
४      कार्यस्थलमा रहेका रमिते तथा अन्य मानिसहरुको पनि सूरक्षाको विचार गर्नुहोस् । त्यसको लागि कार्य क्षेत्रलाई डोरिले घेर्नुहोस् ।
५      भुकम्प गएको धेरै भएको छैन, पराकम्पनहरु दोहोरिन सक्छन्, पराकम्पनको बेला पहिले कम्जोर भएका घरहरु भत्कन सक्छन् । त्यसैले पराकम्पनहरु  प्रति सजग रहनुहोस् ।
६      यदि पानी परिरहेको छ  भने सूरक्षामा अझबढि ध्यान दिनुपर्ने हुन्छ ।

घर भत्काउदा विचार गर्नुपर्ने कुराहरु
१      धराप तथा अस्थिर वस्तुहरुलाई पहिले हटाउनुहोस ।
२      भत्केको घरबाट भग्नावसेस्हरु हटाउदा जग अथवा तल्लो तलाबाट नभई माथिल्लो तलाबाट सुरु गर्नुहोस् ।
३      भग्नावसेस्हरु हटाउदा त्यसले निम्त्याउने संकट प्रति चनाखो रहनुहोस् ।
४      झर्न÷ खस्न सक्ने समान भए नलाग्ने गरि भत्केको घरबाट टाढा रहनुहोस् ।
५      यदि तपाइँले भत्काउन नसक्ने संरचना छ र धराप छ भने टेको लगाउनुहोस् । धराप संरचनामा काम गर्दा अस्थाई टेको लगाई स्थिर गरेर मात्र काम गर्नुहोस् ।
६      प्रकोपयुक्त भग्नावसेस्लाई अन्य भग्नावसेस्बाट अलग राख्नुहोस् र छुट्टै तोकिएको ठाउँमा लग्नुहोस् ।
७      यदि अस्पताल, उद्योग जस्ता  भवनहरुमा काम गर्दै हुनुहन्छ भने रसायनिक, औषधीजन्य तथा रेडियो विकिरण जन्य पदार्थहरु प्रति सचेत रहनुहोस् ।
८  भग्नावसेस्को पुनः प्र्रयोग ९च्भअथअभि० गर्नको लागी संरचना भत्काउने  बेलामानै सोच्नुहोस् र      
          त्यहि अनुरुप काम गर्नुहोस् ।                                                  
९      भग्नावसेस्हरु छुट्याउन तथा पुनः प्रयोग गर्नको लागी ठूला ठूला यन्त्रको प्रयोग गर्नु भन्दा मान्छेलेनै काम गर्नु उपयुक्त हुन्छ ।      
१०     भग्नावसेस् एक ठाउँबाट अर्को ठाउँमा लैजादा भिजाएर र ढाकेर लगेमा धुलो र धुँवाको समस्या हुदैन ।